मुख्य समाचार

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

२१ माघ २०८१, सोमबार १४:५२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

२१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरु गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको यसअघि नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव राखेकी थिइन् । त्यसपछि बस्ने भनिएको बैठक विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्