समाचार

बोराभित्र दुई टुक्रा पारेर भेटिइन् अभिनेत्री रायमा

४ माघ २०७८, मंगलवार १६:०७
बोराभित्र दुई टुक्रा पारेर भेटिइन् अभिनेत्री रायमा

एजेन्सी: बंगलादेशी अभिनेत्री रायमा इस्लाम शिमूको शव एक बोरामा बन्द अवस्थामा भेटिएको छ । आइतबारबाट वेपत्ता भएकी शिमूलाई दुई टुक्रा पारेर शवलाई बोरामा बन्द गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जमा अवस्थित आलियापुर इलाकाको हजरतपुर पुल नजिकैको सडक किनारमा सोमबार बिहान भेटिएको थियो । ३५ वर्षकी अभिनेत्रीको घाँटीमा निशान थियो । प्रहरीले यो मामलामा उनका पति र पतिका ६ साथीलाई पक्राउ गरेको छ ।

घरेलु विवादका कारण रायमाको हत्या गरेको स्वीकारेको छ । प्रहरीले रायमाको शवलाई पोस्टमार्टमका लागि मिडफोर्ड अस्पतालमा पठाएको छ । रायमा ढाकाको ग्रीन रोड इलाकामा पति र दुई सन्तानका साथ बस्थिइन् । शिमू आइतबार बिहान मावामा सुटिङका लागि घरबाट निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्