२१ माघ, काठमाडौं। मधेसकेन्द्रित ८ दलको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १:०० बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालयमा बैठक बस्ने एक नेताले जानकारी दिए ।
सिंहदरबारस्थित् नाउपाको संसदीय दलको कार्यालयमा अहिले केहीबेरमा बस्ने बैठकमा मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाको लागि आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्नेबारे छलफल हुने बताईएको छ ।
बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई बोलाइएको बताइएको छ ।