२१ माघ, काठमाडौँ। त्रिकोणात्मक महिला टी–२० सिरिजअन्तर्गत थाइल्याण्डविरुद्ध नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । श्रृंखलामा थाइल्याण्ड लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्याण्ड्स र नेपाललाई हराएको थियो ।
यस्तै, नेदरल्याण्ड्स पनि तेस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा थाइल्याण्डसँग हार बेहोरेको थियो । यस्तै, नेदरल्याण्ड्सले आइतबार नेपाललाई हरायो ।