२१ माघ, काठमाडौँ। नेपाली बजारमा सोमबार पनि सुनको भाउ स्थिर रहेको छ ।
आज पनि सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सुनको भाउ शुक्रबारदेखि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ भने घटेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।