२१ माघ, काठमाडौं। दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ ।
आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि मिकी भान वुर्स्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् ।
भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत विजेता बनेको थियो ।