समाचार

हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित ?

४ माघ २०७८, मंगलवार ११:५७
हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

बितेको २४ घण्टामा ५६२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४a४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्