समाचार

केबलकारविरुद्ध दमकमा झडप, ८ जना पक्राउ

२० माघ २०८१, आईतवार १६:४०
केबलकारविरुद्ध दमकमा झडप, ८ जना पक्राउ

२० माघ, काठमाडौँ। झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ ।

आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन नेतृत्वको समूहसँग प्रहरीको झडप भएको हो ।

झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्