खेलकुद

महिला टी–२० शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

२० माघ २०८१, आईतवार १६:३३
महिला टी–२० शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

२० माघ, काठमाडौँ। महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको तेस्रो खेल पनि नेपालले गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो।

शृंखलामा नेदरल्यान्ड्ससँग नेपालको यो दोस्रो हार हो। शनिबार सम्पन्न खेलमा नेपाललाई थाइल्यान्डले पराजित गरेको थियो। नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३० रन बनाउँदा सम्झना खड्काले २३ रन बनाइन्। त्यस्तै, कविता जोशीले १४ रन बनाउँदा पूजा महतोले १८ रनको योगदान दिएकी थिइन्। सीता राना मगर १० रनमा अविजित फर्किएकी थिइन्।

नेदरल्यान्ड्सका लागि आइरिस ज्विलिङ्ग, कारोलिना डि लिङ र हाथर साइगर्सले २-२ विकेट लिए। त्यस्तै, इसाबेल भान डर वेनिङ र एभा ल्यान्चले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्