समाचार

मंगलबार बढ्यो सुनको मूल्य

४ माघ २०७८, मंगलवार ०६:३१
मंगलबार बढ्यो सुनको मूल्य

४ माघ, काठमाडौं । मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेको छ ।

आज मंगलबार सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबारमा भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्