राजनीति

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२० माघ २०८१, आईतवार ०८:५६
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२० माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ ।

आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यले अध्यक्ष यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा जसपा नेपालले गत भदौदेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ ।

त्यस्तै, सरकारले ल्याएको अध्यादेश, मधेस केन्द्रित दलबीचको मोर्चा, नो केबलकार आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्