१९ माघ, काठमाडौं। नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जना मनोनित गरेका हुन् ।
मनोनित सदस्यमा राजकुमार पाण्डे-काठमाडौं, ज्ञानबहादुर शाही-जाजरकोट, देवकीदेवी सिंह-डडेल्धुरा, कल्पना श्रेष्ठ-भक्तपुर, श्यामकृष्ण महर्जन-काठमाडौं, सरिता बि.सी.-रुकुम पूर्व, विजयजंग बस्नेत-मोरङ, प्रेमबहादुर वि.क.-नवलपरासी, सञ्जिव पुडासैनी-गोरखा र सपुतबहादुर कार्की- रौतहट रहेका छन् ।