समाचार

टोखामा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

१९ माघ २०८१, शनिबार १४:०५
टोखामा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

 १४ माघ, काठमाडौँ। टोखा नगरपालिकाले नगर क्षेत्र भित्र एच.पि.भि खोप अभियान सञ्चालन सम्बन्धमा स्थानिय तहका खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू लागि अभिमुखिकरण तथा गोष्ठी सम्पन्न गरेको छ ।

नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा समन्वय समिति तथा सञ्चारकर्मीहरूलाई एच.पि. भि.खोप सेवा सञ्चालनको कार्यनीति तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण सम्बन्धमा जानकारी गराउँदै अभिमुखिकरण तथा बहस-पैरवी गोष्ठी सम्पन्न भएको थियो ।

आईतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता, विभागीय शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर रोग, रोग रोकथामको रणनीति र एच.पि.भि खोप सेवा सञ्चालनका बिषयहरुमा जानकारी गराइएको थियो । साथै टोखा नगरपालिका अन्तर्गत रहेका करीब ९ हजार भन्दा धेरै किशोरीहरुलाई सेवा पुराउने गरि खोप सेवा सञ्चालन गर्न लागेको र सोको कार्यगत योजनाको बारेमा जानकारी गराइएको थियो ।

एच.पि.भि खोप अभियान अन्तर्गत आउँदो माघ २२ गते देखि फाफुन ६ गतेसम्म नगरका सबै विद्यालयहरुमा खोप कार्यक्रम सनञ्चालन हुँदैछ । टोखा नगरपालिका लगाएत देशै भरि नै सञ्चालन हुने विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट सञ्चालन हुने यो अभियानमा १०-१४ वर्ष उमेर समूहका किशोरीहरु तथा ६-१० कक्षामा अध्ययनरत छात्राहरुलाई खोप सेवा प्रदान गरिँदै छ ।

विद्यालयमा पुगी खोप लगाउन छुटेका किशोरीहरुले अभियानको अन्तिम दिन नजिकैको स्वास्थ्य संस्थाबाट पनि यो खोप लिन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्