समाचार

आज ३६ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१९ माघ २०८१, शनिबार १३:५९
आज ३६ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१९ माघ, काठमाडौं। टोखा नगरपालिकाले आज ३६ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ।

नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाअध्यक्ष रमेश डंगोल, वडासदस्य अनुप राई र महेश थपलियासहित, नगर प्रहरि, सशस्त्र प्रहरि, सामाजिक अभियान्ता, सरसफाईकर्मीहरु र लायन्स क्लवको सहभागिता रहेको थियो ।

आजको कार्यक्रममा करिव १०० जनाको सहभागिता रहेको थियो । सफाईकर्मीहरुले खोला र करिडोर क्षेत्रमा सफाई गरेका थिए । आगामी हप्ताको कार्यक्रममा सफाईसँगै करिडोर सडक खुलाउने कार्यमा नगरपालिका लागेको छ । अभियान्ताहरुले करिव १ किलोमटिर खोला सफाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्