प्रवास

अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

१९ माघ २०८१, शनिबार १०:३८
अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

१८ माघ, एजेन्सी। अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। विमानमा ६ जना सवार रहेकोमा सबैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । सो विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

जहाजमा सवार सबै ६ जना मेक्सिकोका नागरिक भएको बताइएको छ। विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जाँदै थियो। गत बुधबार मात्र अमेरिको वासिङटन डिसीस्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर आपसमा ठोक्किंदा ६७ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्