१८ माघ,एजेन्सी। हमासले शनिबार तीनजना बन्धक रिहा गर्दैछ।
यो साता हमासले दोस्रो पटक बन्धक रिहा गर्न लागेको हो। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिइसकेको छ।
यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्। टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्। इसराइली अधिकारीहरूले उनीहरू बन्धकमुक्त हुन लागेको खबर उनीहरूका परिवारलाई दिइसकेको छ।
हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा इजरायली नागरिक यार्डन र किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।