१८ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले बजारमा भ्रम फैलाएको गुनासो गरेका छन् ।
शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले अध्यादेशको विरोध भएको तर्फ सङ्केत गर्दै सरकारले अध्यादेश ल्याए पनि त्यो ६० दिनभित्र पास हुनुपर्ने प्रावधान रहेको सम्झाएका थिए।
त्यस्तै आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ ।
सरकार गल्ती गर्दैछ भनेर । तर चरित्र हत्या गर्ने गर्न लागि यस्ता झुठा, कपोकल्पित, निराधार हुनै नसक्ने अफवाह फैलाउनु यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र हाम्रो राजनीतिक दलहरूको मर्यादा गरिमाविपरीत छ ,’ उनले भने ।