१८ माघ, काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । आज बसेको बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएपछि फेरि अर्को बैठक डाकिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले भने,’ आजको बैठकमा बोल्ने क्रम सकिएन । २४ गते संसद बैठक हुन्छ । त्यही दिन बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।’ उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूको बाँकी छ ।
डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका छन् ।