१८ माघ, काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको २ हजार तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।