मुख्य समाचार

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

१८ माघ २०८१, शुक्रबार ०९:२९
काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

१८ माघ, काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक अहिले बिहान नौ बजेपछि संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

अध्यादेश विवादपछि अन्ततः आज सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्