१७ माघ, काठमाडौँ। आजबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच त्रिकोणात्मक महिला टी-२० सिरिज सुरू हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध हुने पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।
घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।