समाचार

आशिका तामाङ धरौटीमा रिहा, हुने बित्तिकै फेरि पक्राउ

१५ माघ २०८१, मंगलवार ०९:१८
आशिका तामाङ धरौटीमा रिहा, हुने बित्तिकै फेरि पक्राउ

१५ माघ,काठमाडौँ। अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छन् ।

उनलाई १० हजार धरौटीमा छाड्ने निर्णयसँग छोडिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । तर उनी रिहा हुने बित्तिकै फेरि पक्राउ परेकी हुन् ।

उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन्।प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप रहेको छ। पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्