madhesh

भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

३ माघ २०७८, सोमबार १६:०१
भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा

३ माघ, जनकपुर। मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम  घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

झण्डै चार वर्षपछि ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरधाम तोक्ने प्रस्ताव प्रदेश सभाबाट पारित भएको हो।  सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेश प्रदेश’ कायम भएको हो।

प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्