नेपाली चलचित्र

‘पूर्णबहादुरको सारंगी २’ घोषणामा निर्देशक पौडेलको असन्तुष्टि, कमाइ खाने भाँडो नबनाउन सुझाव

१४ माघ २०८१, सोमबार १५:५०
‘पूर्णबहादुरको सारंगी २’ घोषणामा निर्देशक पौडेलको असन्तुष्टि, कमाइ खाने भाँडो नबनाउन सुझाव

काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिममा विवाद देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको छ । यस चलचित्रले नेपालमा मात्र करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

ऐतिहासिक सफलता पाएको अवसरमा निर्माता विनोद पौडेलले आइतबार काठमाडौंमा ‘सक्सेस पार्टी’ पनि दिए । ‘सक्सेस पार्टी’मा उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ पनि घोषणा गरे ।

तर, ‘पूर्ण बहादुरको सारङ्गी–२’ घोषणाबारे आफूले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले बताएका छन् । उनले यसको कथा र आइडिया आफ्नो भएको बताएका छन् ।

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिममा विवाद देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको छ । यस चलचित्रले नेपालमा मात्र करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

ऐतिहासिक सफलता पाएको अवसरमा निर्माता विनोद पौडेलले आइतबार काठमाडौंमा ‘सक्सेस पार्टी’ पनि दिए । ‘सक्सेस पार्टी’मा उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ पनि घोषणा गरे ।

तर, ‘पूर्ण बहादुरको सारङ्गी–२’ घोषणाबारे आफूले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले बताएका छन् । उनले यसको कथा र आइडिया आफ्नो भएको बताएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘कमाइ खाने भाँडो’ नबनाउन पनि आग्रह गरेका छन् । “पूर्ण बहादुरको सारङ्गी–२ घोषणा भएपछि मैले पनि तपाईंहरूसँगै जानकारी पाएको छु । पूर्ण बहादुरको सारङ्गी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनुभएको छ,” सरोजले फेसबुकमा लेखेका छन्, “इतिहास घरिघरि कोर्न सम्भव हुँदैन । त्यही कारण मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मानपूर्वक राखौँ । यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ । मैले यो फिल्म दोस्रो भागमा काम गर्दैन भनिसकेको छु ।”

सकेसम्म २, ३, ४, ६ बनाउनतिर नलागेर आफ्ना कथा फरक शैलीमा भन्न निर्देशक पौडेलले सुझाएका छन् । उनले आफूलाई बिनाजानकारी आफूले सिर्जना गरेका पात्र र आफ्नो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबाउन आग्रह गरेका छन् ।

पहिलो दिन १७ लाखको व्यापार गरेको फिल्मले ८४औं दिनसम्म प्रदर्शन हुँदा नेपालबाट ४८ करोड सात लाख र विदेशबाट २५ करोड गरी कुल ७५ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माता पौडेलले जानकारी दिए।

नेपाली फिल्मकै सर्वाधिक कमाई गरेको खुशीयालीमा निर्माण पक्षले कलाकार तथा प्राविधिकहरूलाई बोनस समेत दियो। मुख्य कलाकार सपूत मात्र होइन, दुई निर्माता प्याट्रिक सुवेदी र रमेश ढकाल पनि फिल्मको पार्टीमा पुगेनन्। निर्माताद्वय नै कार्यक्रममा उपस्थित नहुँदा अर्का निर्माता विनोद पौडेलसँग मनमुटाव भएको धेरैले अड्कल काटे।

प्रतिक्रिया दिनुहोस्