समाचार

नगर प्रमुख भुसालसहित १५ कर्मचारीमा संक्रमण, नगरपालिका सिल

३ माघ २०७८, सोमबार १०:५१
नगर प्रमुख भुसालसहित १५ कर्मचारीमा संक्रमण, नगरपालिका सिल

३ माघ, अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए ।

कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ गते देखि ७ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्