अर्थ / वाणिज्य

एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन

१० माघ २०८१, बिहीबार ०७:३१
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन

एफएओ नेपालले मधेश प्रदेश, जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवद्र्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरुप कार्यालय मार्फत मधेस प्रदेशका जिल्लामा कार्य संचालनमा सहयोग गर्दछ।

एफएओको भूटान र नेपालका प्रमुख केन शिमिजु र मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घघाटन गर्नु भएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि,संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिती रहेको थियो । सो अवसरमा आयोजित कार्यक्रममा मधेश प्रदेशमा दिगो कृषि तथा ग्रामीण विकास प्रवद्र्धनका अवसर बारे छलफल भएको थियो।

कार्यक्रममा बोल्दै एफएओका भूटान र नेपालका प्रमुख केन शिमिजुले प्रदेशको भूमि व्यवस्था, कृषितथा सहकारी मन्त्रालयलाई आधार व्यक्त गर्दै मधेश प्रदेशमा सञ्चालन परियोजनाहरुको कार्यान्वयनमा तिव्रता दिने बताउनुभायो । उहाँले एफ ए ओ नेपालको प्राथमिकतामा समुदाय सशक्तिकरण, स्थानीय कृषि अभ्यास सुधार, र समाजमा सकारात्मक परिवर्तन ल्याउने दिगो समाधानको प्रवद्र्धन गर्दै कृषि र प्राकृतिक स्रोत व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । एफएओ, सम्बन्धित मन्त्रालय र स्थानीय अधिकारीहरूलाई एकीकृत गर्दै खाद्य सुरक्षा, ग्रामीण विकास र दिगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न, जीविकोपार्जन सुधार गर्न र समावेशी प्रगतिलाई अघि बढाउन सहकार्यको केन्द्रका रूपमा कार्य गर्नेछ।

कार्यक्रममा आफ्नो धारणा राख्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले एफ ए ओलाई शुभकामना दिदै मधेश प्रदेशमा संचालन गरेका कार्यक्रम कार्यान्वयनमा सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । एफएओको यो क्षेत्रमा पहिले नै बलियो उपस्थिति रहेको र प्रादेशिक कार्यालयको उद्घघाटनसँगै यसको प्रभाव अझ बढ्ने विश्वास लिएको बताउनुभयो ।
कर्यक्रममा मन्त्रालयका सचिव डा. विनय कुमार कर्णले प्रदेशको कृषि परिदृश्यबारे प्रस्तुति दिँदै मुख्य चुनौतीहरू र सम्भावित समाधानहरूबारे प्रकाश पार्नुभयो। उहाँले कृषि क्षेत्रमा सुधार र रुपान्तरणमा एफएओ नेपालले मन्त्रालयसग गर्न सक्ने साझेदारीका विषयमा जानकारी दिनुभयो।

एफएओको मधेश प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुले स्थानीय समुदायहरूसँगको सहकार्यलाई बलियो बनाउँदै, कार्यक्रमको प्रभावकारी ढंगले कार्यान्वयनम जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्