समाचार

दोब्बरले बढे कोरोना संक्रमित

२९ पुष २०७८, बिहीबार २३:३९
दोब्बरले बढे कोरोना संक्रमित

३० पुस, पोखरा । नेपालमा तिब्र रुपमा फैलिदै गएको कोरोनाको तेस्रो लहर झन भयावह रुप लिदै गएको छ ।  कास्कीमा कोरोना संक्रमितको संख्या दोेब्बर वृद्धि भएको छ। बुधबार ६६ जना संक्रमित भेटिएको कास्कीमा बिहीबार ११५ जना भेटिएका हुन् ।

कास्कीमा बिहीबार ५७ जना महिला र ५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित कास्कीमा कूल संक्रमितको संख्या ३७ हजार २८१ जना पुगेकोमा ३६ हजार २४५ जना निको भएका छन् । कास्कीमा बिहीबारसम्ममा ४०९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्