मुख्य समाचार

अछाममा हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा

८ माघ २०८१, मंगलवार १२:२५
अछाममा हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता भीम रावलको पक्षमा

८ माघ, काठमाडौं। नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलको मातृभूमि जागरण अभियानमा एमाले अछामका एक हजार ८६ नेता कार्यकर्ताले साथ दिने भएका छन् ।

रावल पक्षले दाबी गरेअनुसार उनको समर्थनमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् ।

त्यसैगरी प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्