काठमाडौँ। माघ पहिलो हप्ताभर विविध कार्यक्रमहरु आयोजना गरि तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताह २०८१ मनाउने कार्यक्रमको शुरुवात आजबाट भयो।
मिति २०७९ भदौ २७ मा नेपाल सरकार मन्त्रीपरिषद्बाट प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय भएको थियो । सोहि बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउन शुरुआत गरिएको थियो।
यसै परिप्रेक्ष्यमा नेपाल सरकारको घोषणा वमोजिम कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचार प्रसार र कृषि जैविक विविधताको संरक्षण र प्रवद्र्धन सम्बन्धि विभिन्न क्रियाकलाप संचालन गरि वि.सं. २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता बर्षको रुपमा मनाइएको थियो ।
स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि ७ गतेसम्म मनाउने कार्यक्रम मध्ये पहिलो दिन रैथाने प्रोडक्टको केन्द्रिय कार्यालयमा विभिन्न ब्यक्तित्वको विच अन्तकृया कार्यक्रम सम्पन्न भयो।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिव तथा सिमान्तकृत समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भूमिका रहने उल्लेख छ ।
यसैगरि नेपाल जैविक विविधता संरक्षण सम्वन्धि विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र समेत रहेको छ । नेपाल जैविक विविधतामा धनी मुलुकमध्ये पर्दछ । जैविक विविधताले धनी राष्ट्रहरुमध्ये नेपाल उन्नानपचासौ स्थानमा रहेको छ । नेपालमा करिव २४ हजार जीवित प्रजातिहरुका रहेका र सोमध्ये करिव एक तिहाइमा कृषि क्षेत्रले योगदान गर्ने गरेको परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्वपूर्ण स्थान रहेको भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेति प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र जैविक विविधताको अलवा कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ।
नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि बाली एवं सम्वन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिव ४० प्रतिशत लोप भै सकेको हुनसक्ने अनुमान गरिएको छ । त्यसै गरि हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न सकिएको देखिँदैन ।
्र
कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरु जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
यस दिवसले नेपालमा परम्परागत रुपमा रहेका अनेकौं जातजाती तथा धार्मिक एवं सांस्कृतिक परम्पराहरुसँग सम्बन्धित कृषि र खानाका परिकार तथा संबद्ध सिपको जगेर्ना गर्नमा मद्दत पुर्याउनुको अलावा स्थानीय कृषि आनुवंशिक स्रोतहरुको संरक्षण एवं दिगो उपयोगको साथै वातावरण संरक्षणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा कृषि जैविक विविधताको खोज, उपलब्ध जैविक विविधताको अभिलेखीकरण र संरक्षण तथा सम्वद्र्वन, कृषि जैविक विविधता संरक्षणमा परम्परागत ज्ञानको अभिलेखीकरण तथा प्रवद्र्वन र यी सवैका लागि वनस्पति जातीय संरक्षण र किसान हकहित संरक्षण तथा भौगोलिक संकेत र वौध्दिक अधिकार प्राप्तिका लागि कानूनी व्यवस्था गर्ने तथा तीनै तहको समन्वयमा कृषि जैविक विविधताको संरक्षण र सम्बद्र्वन एवं रैथाने वाली र वस्तुको उत्पादन वृध्दि सहित उपभोक्ताहरुमा रैथाने बालीको पोषणको महत्ववारे लगायतका कार्यक्रमहरुको सञ्चालन भइरहने कृषि विभागका महानिर्देशक प्रकास कुमार संजेलले बताउनु भयो।