जीवनशैली

ट्वाइलेटमा यस्ता गल्तीले डुबाउँछ तपाईको स्वास्थ्य

३ माघ २०७८, सोमबार ०२:१९
ट्वाइलेटमा यस्ता गल्तीले डुबाउँछ तपाईको स्वास्थ्य

एजेन्सी: तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् । यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।

मानिसले राम्रो हो या नराम्रो जस्तो कामको लागी पनि मोबाइल नै प्रयोग गरेका छन् । हरेक मानिसको नजिकको साथि नै मोबाइल बनेको छ । अहिलेका युवायुवती बिहान उठ्दा देखी बेलुका नसुतुनजेल सम्म धेरै मोबाइलमा नै झुन्डिने गर्छन् ।

शौचालयमा अन्य ठाउँभन्दा बढी कीटाणु भेटिन्छन् । त्यहाँ धारा, ह्यान्ड ड्रायर र ढोकाको चुकुलमा सबभन्दा बढी कीटाणु हुन्छन् जसलाई हामी देख्न सक्दैनौं ।

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्न भन्ने ज्ञान भएपनि उनीहरु त्यतिबेला अज्ञानी बनिदिन्छन् । धेरै मानिसहरु ट्वाइलेटमै लामो समयसम्म च्याट गर्ने, गेम खेल्ने, भिडियो हेर्ने लगायतका गतिविधि गर्छन् ।

एन्नल्स अफ क्लिनिकल माइक्रोबायोलोजी यान्ड एन्टीमाइक्रोबायल्समा छापिएको एक अध्ययनअनुसार, शौचालयमा मोबाइल प्रयोग गर्ने मानिसमध्ये ९५ प्रतिशतमा संक्रमण गराउने ब्याक्टेरिया साल्मोनेला, ई–कोली र सी–डिफिसाइल भेटिएका थिए ।

अमेरिकाको एरिजोना विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अध्ययनमा देखिएअनुसार, स्मार्टफोनमा ट्वाइलेट सीटभन्दा १० गुणा बढी ब्याक्टेरिया पाइन्छ ।

दिसा पखालेपछि हात त धोइन्छ र स्मार्टफोन सफा गर्न बिर्सिइन्छ । रोग उत्पन्न गर्ने कीटाणु र ब्याक्टेरिया फोनमा टाँसिइरहेका हुन्छन् र संक्रमणको कारण बन्छन् ।

शौचालयमा स्मार्टफोनको उपयोगले मलद्वारबाट रक्तश्राव हुने समस्या देखापर्न सक्छ । ट्वाइलेट बाउलमा लामो समय बस्दा गुदामा बढी जोड पर्छ अनि पीडा हुने, सुन्निने र रक्तश्राव हुने समस्या आइलाग्छ ।

शौचालय जाँदा फोन बाहिरै राखेर जानु उपयुक्त हुन्छ । लग्नैपर्ने भयो भने त्यसलाई स्यानिटाइजरले राम्ररी सफा गर्नुपर्छ ।

यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् । यसकारण चिकित्सकहरु ट्वाइलेट, अझ पब्लिक ट्वाइलेटमा मोबाइल लैजाने बानी पूर्ण रुपमा त्याग्न सल्लाह दिन्छन् ।

मोबाइल तपाईंको सुविधाका लागि मात्रै हाेइन, रोग संक्रमणको साथी पनि हुन सक्छ । बेलैमा सावधानी अपनाउनुहोस् र गलत बानी आजैदेखि त्यागिदिनुहोस् ।

ट्वाइलेटमा फोनबिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । यसका साथमा आफ्नो फोन नियमित रुपमा डिसइन्फेक्सन गर्नु राम्रो हुन्छ । टचस्क्रिनमा समेत सावधानीपूर्वक स्प्रे प्रयोग गर्न सकिन्छ ।

त्यस्तै ट्वाइलेटबाट आएपछि राम्रोसँग साबुनपानीले हात धोएर मात्रै आफ्नो फोन चलाउनु स्वास्थ्यका दृस्टिकोणले उत्तम हुन्छ । अरुको मोबाइल पनि हत्तपत्त छुने बानी त्याग्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्