काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ।
काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याउने तयारी भएको जनाएको छ।
कम्पनीले रेडमी नोट १४ सिरिजमा रेडमी नोट १४, रेडमी नोट १४ ५जी, रेडमी नोट १४ प्रो ५जी र रेडमी नोट १४ प्रो प्लस ५जी गरी ४ मोडेलहरू सार्वजनिक गरेको हो ।
यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीको दाबी छ । रेडमी नोट १४ प्रो ५जी बोल्ड डिजाइन र उत्कृष्ट टिकाउ रहेको कम्पनीको भनाइ छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ ।
ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक रङमा बजारमा ल्याइएको यो मोडलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँछ।
२०० मेगा पिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगा पिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगा पिक्सेलको म्याक्रो क्यामरा र २० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
डायनामिक सट्स, मोसन ट्र्याकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले गर्दा यस डिभाइसले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउने कम्पनीले जनाएको छ ।
५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् । नेपाली बजारमा यी मोडलहरूको मूल्य २४ हजार ९ सय ९९ देखि सुरु भई ५४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।