अर्थ / वाणिज्य

सोमबार फेरी बढ्यो सुनको मूल्य

६ मंसिर २०७८, सोमबार ०७:०४
सोमबार फेरी बढ्यो सुनको मूल्य

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ ।

पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९३ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्