समाचार

टोखा नगरपालिकाको १६ औं नगर सभा सम्पन्न

१ माघ २०८१, मंगलवार १४:४६
टोखा नगरपालिकाको १६ औं नगर सभा सम्पन्न

१ माघ,काठमाडौँ। टोखा नगरपालिकाको १६औं नगर सभा सम्पन्न भएको छ। टोखा नगरपालिकाको सभाहलमा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा समपन्न कार्यक्रमको बिशेष अतिथिको रुपमा टोखा नगरपालिका उप प्रमुख  मुरारी तामांग, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.को उपस्थिती रहेको थियो ।

नगर प्रमुख अधिकारीले नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताउदै  स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

नगरसभामा नगर प्रमुख प्रकाश अधिकारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीले शुभकामना मन्तब्य सहित कार्यक्रमको उदेश्य बताएका थिए। उनले टोखा नगरपालिकामा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरुको कार्यान्वयनलाई विशेष ध्यान दिएर कार्य गरिरहेको बताउदै हालसम्मको योजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताएका थिए । नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताएका थिए ।

नगरपालिकाको चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हालसम्म (पुस २६) मसान्तसम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको छ ।

नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु मध्ये हाल सम्म सम्झौता भएका आयोजना संख्या १५१ रहेको छ जसमध्ये ६५ आयोजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य कार्यान्वयनको चरणमा रहेका छन् । समग्रमा पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हाल सम्म भौतिक प्रगति ३५.१२ प्रतिशत र वित्तीय प्रगति १५.८८ प्रतिशत रहेको देखिन्छ ।

चालु आर्थिक बर्षमा स्वीकृत भई कार्यान्वयनमा रहेका मुख्य मुख्य आयोजनाहरुमा वडा नं. ८ र ११ को वहुउदेश्यीय सामुदायिक भवन, डिजिटल घर नम्बर विचरण प्रणाली, विष्णुमति करिडोर सडक कालोपत्रे, नेपाल विद्युत प्राधिकरणको लागत साझेदारीमा नगरपालिका भित्रका मुख्य मुख्य सडकहरुमा स्मार्ट सडकवत्री जडान, चण्डेश्वरी माद्यमिक विद्यालयको भौतिक निर्माण आदि रहेका छन् ।

१. आन्तरिक श्रोतको कर तथा गैह्र कर सेवा शुल्कहरुवाट ३२ करोड ८८ लाख २१ हजार अर्थात १९.३४ प्रतिशत,

२. गत आर्थिक बर्ष २०८०/८१ मा खर्च हुन नसकेको श्रोत अल्या रु ४२ करोड अर्थात २४.७१ प्रतिशत तथा संघीय सरकार

३. प्रदेश सरकारवाट प्राप्त अनुदान, एवं अन्य विभिन्न श्रोतबाट रु. ९५ करोड ११ लाख ७९ हजार अर्थात ५५.९५ प्रतिशत प्राप्त हुने अनुमान गरिएको थियो ।

४. अन्तर्गत चालु तर्फ रु. ७४ करोड २ लाख २८ हजार अर्थात ४३.५४ प्रतिशत

५. पुजीगत तर्फ रु. ९६ करोड ९७ लाख ७३ हजार अर्थात ५६.४६ प्रतिशत विनियोजन गरिएको थियो ।

नगर सभाको पन्ध्रौं अधिवेशनबाट आर्थिक बर्ष २०८१/८२चालु आ.ब. २०८१/८२ को हालसम्म ( पुस २६ गते )

१. आन्तरिक श्रोतको कर तथा गैह्रकर सेवा शुल्क तर्फ रु. १७ करोड ३६ लाख ६४ हजार अर्थात ५२.८१ प्रतिशत

२. गत बर्षको बास्तविक अल्या रकम ५२ करोड ५८ लाख १५ हजार अर्थात १२५.१९ प्रतिशत तथा संघीय सरकार

३. प्रदेश सरकारवाट प्राप्त अनुदान, अन्य विभिन्न श्रोतबाट रु. ४० करोड ३२ लाख १५ हजार अर्थात ४२.३९ प्रतिशत

४. जम्मा रु १ अर्ब १० करोड २६ लाख ९४ हजार प्राप्त भई चालु आ.ब.२०८१/८२ को लागि  कूल अनुमानित आयको ६४.८६ प्रतिशत भएको व्यहोरा जानकारी गराउदछु ।

चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हाल सम्म (पुस २६) मसान्त

१. चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहान्छु ।

२. नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु मध्ये हाल सम्म सम्झौता भएका आयोजना संख्या १५१ रहेको छ जसमध्ये ६५ आयोजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य कार्यान्वयनको चरणमा रहेका छन् ।

३. समग्रमा पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हाल सम्म भौतिक प्रगति ३५.१२ प्रतिशत र वित्तीय प्रगति १५.८८ प्रतिशत रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्