१ माघ, काठमाडौं। माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ ।
व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो । थारू समुदायले मनाउने माघी (माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ । आज माघे सक्रान्ति मगर, थारु लगायत अन्य जातिहरूले पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइरहेका छन् ।