समाचार

मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते

२९ पुष २०७८, बिहीबार ०२:४५
मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते

२९ पुस, पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

निस्दी गाउँपालिकाको सिन्धुरेमा बुधबार लु ६ प १५२३ नम्बरका मोटरसाइकल दुर्घटना हुँदा निस्दी–७ निवासी ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा गाहाकी पत्नी निरमाया घाइते भएकी छन्। सिन्धुरेमा किराना पसल सञ्चालन गर्दै आएका गाहा पत्नी निरमायालाई लिएर मोटरसाइकलमा घर फर्किंदै गर्दा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्