समाचार

सार्वजनिक यातायातमा मनपरी

२९ पुष २०७८, बिहीबार ०२:२९
सार्वजनिक यातायातमा मनपरी

२९ पुस, काठमाडौं। कोभिड–१९ को तेस्रो लहर अहिले नेपालमा देखिइसकेको छ। तर, काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातमा भने न्यूनतम स्वास्थ्य मापदण्ड फिटिक्कै पालना भएको देखिँदैन।

सरकारले मंगलबारदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई हिउँदे बिदा दिने घोषणा गरिसकेको छ। तर, उपत्यकामा सार्वजनिक यातायातमा चढ्ने यात्रुले करिव एक चौथाइ यात्रुले भने अहिले पनि नियमित मास्कको प्रयोग गर्दैनन्। यात्रुले मात्रै होइन, सवारीचालक तथा सहचालकले पनि नियमित रूपमा मास्क नलगाउँदा तेस्रो चरणको कोभिड–१९ को संक्रमण बढाउने जोखिम बढेको छ।

यातायात व्यवसायीले कोभिड–१९ प्रकोप अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को स्वास्थ्य मापदण्ड प्रभावकारी ढंगले पालना नगर्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।व्यवसायीले निर्देशिकाको धज्जी उडाउँदै बिहान र बेलुकाको पिक आवरमा सिट क्षमताभन्दा धेरै यात्रु कोचेर यात्रा गराइरहेका छन्। त्यति मात्रै होइन, काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारी साधनमा सेनिटाइजरसमेत राखेको हुँदैन।

बिरलै चालक, सहचालकले मास्क लगाएको देखिन्छ। अनुगमन गर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको हेलचक्र्याइँले उपत्यकामा कोरोना संक्रमण उच्च हुने जोखिम बढेको आजको नागरिक दैनिकमा खवर छ ।


प्रतिक्रिया दिनुहोस्