पत्रपत्रिका

परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

२९ पुष २०७८, बिहीबार ०२:२५
परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

२९ पुस, काठमाडौं। पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ । जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो । संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा ४ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै, २१ पुसमा ४ दशमलव ३ प्रतिशत, २२ पुसमा ४ दशमलव ५ प्रतिशत, २३ पुसमा ६ दशमलव ५ प्रतिशत, २४ पुसमा ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको छ । त्यस्तै, २५ पुसमा ९ दशमलव ६ प्रतिशत, २६ पुसमा १५ दशमलव ६ प्रतिशत र २७ पुसमा १८ दशमलव ६ प्रतिशत संक्रमण भएको देखिएको छ । २२ पुसयता कोरोना संक्रमण दर ह्वात्तै बढेको देखिएको आवको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्