२३ पुस, काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चीनको तिब्बतमा पर्ने दिंगे काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।