२८ पुस, स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकास्थित भकुन्डेमा एक बालकको घांटी रेटेर हत्या भएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १२, सिर्सीबोट स्थायी घर भएर हाल भकुण्डेस्थित डेरामा बस्दै आएकी रणमाया गुरुङका १६ महिने नाबालक छोरा साइमनको हत्या भएको प्रहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख राजेन्द्रप्रसाद अधिकारीका अनुसार नाबालकको हत्यामा संलग्न भएको अभियोगमा त्यही घरमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरुङ पक्राउ परेका छन्।
त्यसक्रममा नाबालक साइमानकी ५ वर्षीया दिदी साइना पनि घाइते भएकी छन्। उनको वालिङमै उपचार भइरहेको छ। नाबालकमाथि बुधबार दिउँसो १ बजे चक्कु हानिएको थियो। चक्कु हानिएपछि गम्भीर घाइते नाबालकलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो।