२० पुस, काठमाडौँ। काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको साधारण सभा एवं निर्वाचन मिति २०८१ पौष २० गते शनिबार सम्पन्न भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री विजयलाल कायष्थ ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । काठमाडौँको कुलेश्वरस्थित स्टार दरबार ब्याङ्क्वेटमा सम्पन्न उक्त साधारण सभा तथा निर्बाचनमा नयाँ काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको कार्यसमिति गठन भएको छ ।
नव निर्वाचित कार्य समितिमा अध्यक्षमा सुरेश सुवेदी, उपाध्यक्षमा मनोज सुवेदी, सचिवमा विजयतम रत्न बज्राचार्य, कोषाध्यक्षमा रुजेश शाही, सदस्यहरूमा हरि भण्डारी, रमेश श्रेष्ठ, महेश डंगोल तथा महिला सदस्यहरूमा शोभा गुरुङ र शर्मिला सुलु चयन भएका छन ।