२८ पुस, कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
३ सय ७० मत गणना हुँदा अध्यक्षसहितका पदाधिकारीमा सुरेन्द्र विष्ट प्यानलले अग्रता लिएका छन्। पछिल्लो परिणाम अनुसार अध्यक्षमा विष्टले २ सय २० र उनका प्रतिस्पर्धी वीरबहादुर थापाले १ सय ४५ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा विष्ट प्यानलका लक्ष्मी बुढा २ सय ११ र थापा प्यानलका महेशप्रसाद पन्तले १ सय ५१ मत प्राप्त गरेका छन्। सचिवमा विष्ट प्यानलका पल्लवराज भट्टको १ सय ८८ र थापा प्यानलका अशोक चन्दको १ सय ७३ मत प्राप्त गरेका छन्। उपसचिवमा विष्ट प्यानलका कर्णबहादुर चन्दले २ सय ७५ र फैरु तामाङले २ सय ३८ मत प्राप्त गरेका छन्। थापा प्यानलका शेरबहादुर चन्दले १ सय ५५ मत प्राप्त गरेका छन्।