२८ पुस, अछाम। एमाले जिल्ला अधिवेशनअन्तर्गत अछाममा भीम रावलनिकट मानिएका प्रकाश शाह पराजित भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट चन्द्रबहादुर बोहरा निर्वाचित भएका छन् ।
केपी शर्मा ओलीसँग अध्यक्षका प्रतिद्वन्दी भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई एक सय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएका हुन् ।
ओलीनिकट बोहरा ४३१ मत ल्याएर निर्वाचित हुँदा रावलनिकट प्रकाश शाहले ३०७ मत ल्याए । बोहरा १२४ मतको अन्तरले विजयी भएका छन् ।
यस्तै, उपाध्यक्षमा पनि शाह प्यानलका बलबहादुर कुँवर ३८६ मत ल्याएर निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी भीमबहादुर विष्टले ३१३ मत ल्याएका छन् । सचिवमा भीमबहादुर रावल (कालो टोपी) ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी आदर्श साउँदले २५८ मत ल्याए । कालो टोपी पनि शाह प्यानलकै हुन् ।
यस्तै, प्रेमबहादुर महर र डम्बरबहादुर बिसी विजयी भएका छन्। बिसी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए। अन्य सदस्य पदको मतगणना राति नै सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।