समाचार

दुई गुणाले बढ्यो काठमाडौं उपत्यकामा संक्रमित संख्या

२८ पुष २०७८, बुधबार १४:३३
दुई गुणाले बढ्यो काठमाडौं उपत्यकामा संक्रमित संख्या

२८ पुस, काठमाडौं: पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा १ हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार १२८, भक्तपुरमा १३४, ललितपुरमा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सहि अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्