समाचार

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, सबै पास खारेज

२८ पुष २०७८, बुधबार १४:१५
कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, सबै पास खारेज

२८ पुस, काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।

सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ।  नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्