समाचार

१६० केजी गाँजा बरामद, ट्रक चालकसहित दुईजना पक्राउ

१५ पुष २०८१, सोमबार ११:२२
१६० केजी गाँजा बरामद, ट्रक चालकसहित दुईजना पक्राउ

१५ पुस, पर्सा। पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन्।

आइतबार वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्