समाचार

सर्वसम्मत अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने श्रेष्ठको घोषणा

२८ पुष २०७८, बुधबार ०७:५२
सर्वसम्मत अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने श्रेष्ठको घोषणा

रूपन्देही । नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूले अध्यक्ष नपाए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

आफुमाथि अन्याय भएको भन्दै उनले आक्रोश पोखेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् । उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्