काठमाडौं। गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘आउ आउ ’ निरुता राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।
एस.के भोम्जनको शब्द र संगीत रहेको गीतमा बिशाल निरौलाले एरेन्ज गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत र गायिका निरुता राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । नवराज उप्रेतीले सिनेम्याटोग्राफर गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई कोरियोग्राफी/निर्देशक पुनम श्रेष्ठले गरेका हुन् ।