समाचार

एकैदिन दुई लाख करिब थपिए कोरोना संक्रमित

२८ पुष २०७८, बुधबार ०३:१४
एकैदिन दुई लाख करिब थपिए कोरोना संक्रमित

२८ पुस, काठमाडौं । दुई हप्ता यता भारतमा तिब्र रुपमा फैलिदै गएको छ । दिनप्रति दिन नयाँ रेकर्डमा बनाएको छ । भारतमा एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका हुन् । भारतमा कुल सक्रिय संक्रमित ९ लाख ४७ हजार पुगिसकेका छन् । भारतमा २५ डिसेम्बरदेखि कोरोनाको तेस्रो लहर शुरु भएको हो । लगातार छैटौं दिन संक्रमित एक लाख भन्दा बढी थपिएका छन् ।

दिल्लीमा मंगलबार मात्रै २३ जनाको ज्यान गएको छ । महाराष्ट्रमा २२ जनाको ज्यान गयो । दिल्लीमा ३ दिनमा ५७ जनाको ज्यान गएको छ ।मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्