समाचार

प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

९ पुष २०८१, मंगलवार १०:५७
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन

९ पुस, काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी) को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । “के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रुपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस”, उनले भने ।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिए । मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्