समाचार

एमाले प्रदेश अधिवेशन सर्‍यो

२८ पुष २०७८, बुधबार ०२:०९
एमाले प्रदेश अधिवेशन सर्‍यो

२८ पुस, काठमाडौं।  नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले मंगलबारदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्